काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ७०४ र एन्टिजेन विधिबाट ४ हजार ८०६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार १६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ जना रहेको छ ।

२४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९७५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय