उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी नगरसभापति बीरबल थापा र भानुभक्त शर्मा पराजुलीलाई कार्वाही गर्न ८ वडाका सभापतिहरुले माग गरेका छन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ, २०७८ असार ९ गते बसेको उर्लाबारी नगर कार्यपालिकाको बैठकमा भएको विवादको विषयलाई लिएर आफ्नै पार्टीको नेतृत्व रहेको अवस्थामा नेतृत्वकै विरुद्धमा हाम्रो पार्टीबाट निर्वाचित तीन जना वडाध्यक्षले विपक्षीसग मिलेर नगर प्रमुख तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्ग फागोविरुद्धमा निकालेको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली का“ग्रेसबाट निर्वाचित पार्टीका उर्लाबारी नगर सभापति तथा वडा नं. ७ का वडाध्यक्ष वीरबल थापा र वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले उपमेयर तथा अन्य वडाध्यक्षको उक्साहटमा लागि पार्टीको नीति, नियम र अनुशासन विपरीत अर्को पार्टीका जनप्रतिनिधिस“ग मिलेर नगर प्रमुखमाथि नै खनिनु घोर अपमानजनक व्यवहार भएको वडा सभापतिहरुले ठहर गरेका छन् । उनीहरुले पार्टी अनुशासन विपरीत गतिविधि गर्ने नगर सभापति तथा वडाध्यक्ष थापा र पराजुलीलाई पार्टीको नीति अनुसार छानविन गरी आवश्यक कारबाही गर्न माथिल्लो समितिसमक्ष माग गरेका छन् । जसमा कमल तामाङ, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–१, रुद्र बराल, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–२,गञ्जबहादुर कार्की, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–३,प्रकाश श्रेष्ठ, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–४, सुरेन्द्र लिम्बू, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–५,महेन्द्र श्रेष्ठ, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–६, खड्गबहादुर धिमाल, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–८ र प्रकाश कन्दङ्वा, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–९ को हस्ताक्षर रहेको छ भने टंक काफ्ले, वडा सभापति नेपाली का“ग्रेस उर्लाबारी–७ को हस्ताक्षर छैन । कार्वाहीको माग गर्दै मोरङ क्षेत्र नं. १ क, क्षेत्रीय समिति र जिल्ला समितिमा बाधार्थ पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय