काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ७०४ र एन्टिजेन विधिबाट ४ हजार ८०६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार १६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ जना पुगेको छ । देशभर
सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ जना रहेको छ ।
२४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९७५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।























