उर्लाबारी । नेपाली कांग्रेसलाई चुनाबी चटारो छ । वडादेखि केन्द्रसम्म चुनाबी रन्कोले छोपिसकेको छ । पार्टीको नेतृत्वका लागि होडबाजी चलिरहेको छ ।
मोरङ क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा चर्चित युवा नेता खड्ग फागोको विकल्प नभएको भन्दै युवाहरुले सर्वसम्मत अघि बढाउनु पर्ने धारणा राख्न थालेका छन् । वर्तमान सभापतिसमेत रहनु भएका फागो मोरङ क्षेत्र नं। १ मा नेपाली कांग्रेसलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । फागो कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र वाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । सबैको समस्या तुरून्त समधान गरिदिने व्यक्तिको रूपमा फागो चिनिनुहुन्छ ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुखसमेत रहनु भएका फागोले नगरबासीलाई केन्द्रमा राखेर काम गरिरहनु भएको छ । उहाँले नगर विकासमा गरेको कामको खुलेरै प्रशंसा नगरबासीले गर्ने गरेका छन् । सरल ब्यवहार, सहयोगी भावना र सबैलाई सद्भावले हेर्ने उहाँको स्वभाव एबं दृष्टिकोण आफैँमा प्रशंसनीय छ । फागोलाई सर्वसम्मत रुपमै क्षेत्रीय सभापति ल्याउन कांग्रेसजनले आकांक्षा राखेका छन् । उहाँको क्रियाशिलता र लोकप्रियता क्षेत्रीय सभापतिका लागि बलियो कडी हो । पार्टीमा स्पष्ट वक्ता र क्षमतावान नेता वर्तमान सभापति फागो भएको भन्दै सबैले साथ र सहयोग गर्नु पर्ने कार्यकर्ताहरु बताउन थालेका छन् । फागोले पैसा कमाउन नभई जनताको सेवाका लागि राजनीतिमा लागेको बताउने गर्नुहुन्छ । उहाँले कांग्रेस भनेको ठूला महलमा बस्नेमात्र होइन झुपडीमा बस्ने पनि भएको बताउादै सबैलाई समान व्यवहार गर्नु पर्ने धारणा राख्दै आउनु भएको छ ।

४६ बर्ष फागो वडा सह–सचिब, क्षेत्रीय सदस्य , का।वा। क्षेत्रीय सचिव,क्षेत्रीय कार्यसम्पादन उपसभापति हुँदै, निर्विरोध क्षेत्रीय सभापति भईसक्नुभएको छ । दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५ मा बसोबास गर्दै आउनुभएका फागोले यस पटकको कांग्रेसको अधिवेशनमा अधिकांश युवाहरुलाई अघि बढाउन चाहनु भएको छ । वडादेखि हरेक तहको नेतृत्वमा युवाहरु आउनु पर्नेमा सभापति फागोको जोड छ । क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा फागोको विकल्प नभएको भन्दै पुनः सर्वसम्मत अघि बढाउनु पर्ने अधिकांश कार्यकर्ताहरुको भनाई छ । मिक्लाजुङका बिमल सम्शेर कुँवरले कांग्रेसलाई मजबुत बनाउन वर्तमान सभापति फागोले खेल्नु भएको भूमिकाकै कारण पुनः सर्वसम्मत रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । कार्यकर्ताको भावनाअनुसार काम गर्न सक्ने यस क्षेत्रका एकमात्र नेता फागो भएको उहाँको तर्क छ ।
नेपाल तरुण दल उर्लाबारी र नेपाल विद्यार्थी संघ उर्लाबारीले पनि क्षेत्रीय सभापतिमा फागोलाई सर्वसम्मत अघि सार्नु पर्नेमा जोड दिइरहेको छ । तरुण दलका उर्लाबारी सभापति रोहित कार्कीले क्षेत्रीय सभापतिमा खड्ग फागोको विकल्प कोही नभएको बताउँनुहुन्छ । उर्लाबारीका जीवन चिमरियाले पनि ब्यक्तिगत स्वार्थमा नलागि पार्टी र जनताको हितमा काम गर्न सक्ने फागोबाहेक अरु नभएको जिकिर गर्नुहुन्छ । यस पटक क्षेत्रीय सभापतिमा फागोलाई सर्वसम्मत अघि बढाउन आवश्यक रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय