झापा । झापाको मेचीनगरमा श्रीमानको हत्या भएपछि श्रीमति कुबेतबाट फर्किएकी छिन् । यसैसाता मेचीनगर ५ इटाभट्टा निवासी करणकुमार लिम्बुका छोरा ४० बर्षीय भिमराज लिम्बुको हत्या भएको थियो ।
घटनास्थलमा गएर हेर्दा मृतकको घाटीमा कपडाको क्र्याक ब्यान्डेज बाधिएको र मुखबाट रगत बगेको अवस्थामा शव फेला पारेकाले अनुसन्धान अघि बढाएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले मेचीनगर ५ का ५६ बर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिएको छ । सुकराजले आपसी झगडा हुँदा भिमराजको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतककी श्रीमति मनिता आज घर आइपुगेपछि असार १५ गते अन्तेष्टी गर्ने तयारी भइरहेको छ । मनिताले घटना नियोजित भएकाले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गर्नुभएको छ ।
हेर्नुहोस् भिडियो























