काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ५३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।
२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७१ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।























