काठमाडौं, सञ्चारकर्मी रूपा सुनार प्रकरणमा मुछिएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मानव अधिकार आयोगसमक्ष आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार कार्यालयमै डाकेर आयोगले घटनाबारे मन्त्री श्रेष्ठसँग स्पष्टीकरण लिएको हो। त्यस क्रममा उनले आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो नगर्ने बताएका हुन्।

घटनाबारे मानव अधिकार आयोगले प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ। यही असार १ गते सञ्चारकर्मी रूपा सुनारलाई काठमाडौं बबरमहलकी सरस्वती प्रधानले सुुरुमा आफ्नो घरको कोठा दिने सहमति गरिसकेर अन्त्यमा जात थाहा पाउनासाथ बहिष्कार गरेकी थिइन्। यसविरुद्ध सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्। यसपछि महानगरीय प्रहरी वृत्त (सिंहदबार) ले प्रधानलाई पक्राउ गरेको थियो। तर अनुसन्धान जारी रहेकै बेला असार ९ गते शिक्षा मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेर ३ दिनदेखि हिरासतमा रहेकी घरबेटी प्रधानलाई छुटाएनन् मात्र, आफ्नै झन्डावाल (सरकारी) गाडीमा राखेर घर पुर्‍याइदिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय