काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ८९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार १८७ र एन्टिजेन विधिबाट ४ हजार ३८१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ८९२ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ३८ हजार ८०५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ९६ हजार १३२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ जना रहेको छ ।
२४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ११२ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।























