उर्लाबारी । भदौंमा हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी सरगर्मी बढ्न थालेको छ । नेपाली काग्रेस समर्थक ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघका पूर्व बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष पदको उम्मेद्वार सर्वसम्मत बनाएसँगै चुनाबी चहल पहल सुरु भएको हो । कांग्रेस समर्थक ब्यवसायीहरुको पकड रहेको संघमा युवा ब्यवसायी सेरेङलाई लामो समय विभिन्न पदमा रहेर काम गरिसकेका कारण पनि यस पटक उनकै पल्लाभारी देखिएको छ ।

बामपन्थी गठबन्धन बनाएर अध्यक्ष पदमा वर्तमान बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारीलाई उठाउने चर्चा छ । माओवादी केन्द्र निकट इन्द्र भट्टराईलाई बरिष्ठ उपाध्यक्ष दिएर गठबन्धन बनाउने प्रयास भइरहेको जानकार स्रोत बताउँछ । माओवादी केन्द्रबाट यामलाल रसाईलीको पनि चर्चा छ । उनी वर्तमान उद्योग उपाध्यक्ष हुन् । यता स्वतन्त्रतर्फबाट पूर्वअध्यक्ष धर्मराज शाक्यले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । माओवादीले कांग्रेस वा एमालेसँग चुनाबी तालमेल गरेर जाने तयारी गरिरहेको छ । यस पटक त्रिपक्षीय भिड्न्त हुने देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय