उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति एबं चर्चित युवा नेता खड्ग फागोले केन्द्रीय सभापति शेरबहादुर देउवालगायतसँग भेटघाट गर्नुभएको छ ।
तीन दर्जन बढी युवासहित टोली लिएर सभापति फागो काठमाडौं पुग्नु भएको थियो । वर्तमान राजनीतिक अवस्था, नेपाली कांग्रेसको अधिवेशनलगायतका विषयमा पार्टी सभापति देउवासहित केन्द्रीय नेताहरुसँग छलफल भएको बताइएको छ । उर्लाबारी नगरपालिकाका मेयरसमेत रहनु भएका क्षेत्रीय सभापति फागोले सभापति देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, प्रभावशाली नेता डा.शेखर कोइराला, गगन थापा, डा. मिनेन्द्र रिजाल, आनन्द ढुंगाना, प्रदिप पौडेल, रमेश लेखक, नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिब ढुंगानालगायतसँग भेटघाट र छलफल भएको नेपाल तरुण दल उर्लाबारीका सचिब राजन रायमाझीले जानकारी दिनुभयो । क्षेत्रीय सभापति फागोले पार्टीलाई सुद्धिकरण गरेर एक ढिक्का बनाएर अघि बढ्नुको विकल्प नरहेको सो क्रममा बताउनु भएको थियो । काठमाडौंमा केन्द्रीय नेताहरुलाई भेटेर टोली आज विहान उर्लाबारी फर्किएको छ ।























