काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १३० र एन्टिजेन विधिबाट ३ हजार ८५५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ४० हजार ६६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १४९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

२४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १४५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय