उर्लाबारी । उर्लाबारी क्षेत्रमा परिचित नाम हो, तुलबहादुर थापा (रोहित) । युवा ब्यवसायी तथा उर्लाबारी वडा नं. ५ का जनप्रनिनिधिसमेत रहनु भएका थापा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
नामभन्दा काम गर्न रुचाउने थापा आसन्न नेपाली कांग्रेसको अधिवेशनमा उर्लाबारी नगरपालिका वडा नं. ५ को सभापतिमा उठ्ने पक्का भएको छ । थापा २०५६ सालमा नेपाल तरुण दलमा आबद्धदेखि नै राजनीतिमा सक्रियता र निष्पक्ष काम गरेका कारण पनि सबैले रुचाइएका पात्रमा चिनिनुहुन्छ । नेपाली कांग्रेसको उर्लाबारी नगर सदस्य, उर्लाबारी नगर खेलकुद समितिको सदस्य, भिजन फाउण्डेशन, उर्लाबारी युवा क्लबलगायतमा आबद्ध रही काम गरिसक्नु भएका थापा युवाहरु माझ मात्र नभई सबै तहतप्काका व्यक्तिसँग नजिकको सम्बन्ध भएका युवाभित्र पर्नुहुन्छ । ब्यवसायिक क्षेत्रमा समेत पहिचान बनाइसक्नु भएका थापा युवा, जुझारु तथा सक्रिय भएका कारण पनि कांग्रेसभित्र पनि धेरैले रुचाइएको पात्र हुनुहुन्छ । कांग्रेसलाई वडा नं. ५ मा थप मजबुत र दर्बिलो बनाउन आफुले वडा सभापतिमा दाबी गरेको उहाँको भनाई छ । सबैको साथ र सहयोग रहनेमा उहाँ विश्वस्त हुनुहुन्छ । कोरोनाको समयमा खाद्यान्य वितरण तथा कोभिड उपचार केन्द्रमा मनिटर सहयोग कार्यमा थापाले पनि साथ र सहयोग गर्नुभएको थियो । सहयोगी भावनाका थापा चर्चा र प्रर्चाको दुँनियाबाट टाढा बस्न रुचाउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय