उर्लाबारी । देशैभर नेपाली कांग्रेसको चुनाबी सरगर्मी बढिरहेको छ । गाउँदेखि केन्द्रसम्म कांग्रेसलाई चुनाबको चटारो छ ।
यसैक्रममा मोरङको रतुवामाई नगर समितिको सचिबमा सुजित जैसवालले दाबी गर्नुभएको छ । नेपाल विद्यार्थी संघ मोरङको सदस्य र उर्लाबारी बहुमुखी क्याम्पसका नेबिसंघ सभापति रहनुभएका जैसवालले स्पष्ट वक्ताका रुपमा पनि परिचित हुनुहुन्छ । बिभिन्न युवा क्लब, सामाजिक संस्था युथ रेडक्रस सर्कल, नेबिसंघको क्याम्पस समितिलगायतका बिभिन्न संस्थाहरुमा गरेको नेतृत्वले नगर सचिबमा नेतृत्व बहन गर्न सक्ने क्षमता आफुमा रहेको उहाँले बताउनुभयो ।
विद्यार्थी आन्दोलनमा निर्वाह गरेको भूमिकाका कारण विद्यार्थी तथा पार्टीभित्र उहाँ लोकप्रिय रहनु भएको छ । रतुवामाई नगरपालिका – ९ इटहरा घर भएका जैसवाल बिद्यार्थी नेतामा पूर्वी मोरङमा निकै लोकप्रीय मानिन्छन् । समस्या पर्दा जहाँ जुनसुकै अवस्थामा रहेपनि त्यसलाई निरुपण गर्न लागिपर्ने जसवालको व्यवहारका कारण पनि युवा र विद्यार्थीभित्र मात्र होईन समग्र पार्टीमा उहाँको प्रिय मानिनुहुन्छ ।
भन्नुहुन्छ, ‘हामी बद्लिन्छौं, कांग्रेस बदल्छौं’ । काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सशक्त नेतृत्व आवश्यक रहेको उहाँको भनाई छ । नसा–नसामा नेपाली कांग्रेसको रगत बगेको बताउने सुजित पारिवारिक पृष्ठभूमिकै कारण चारतारे झण्डामुनि गोलबद्ध हुनु भएको थियो । उहाँ जनकपुरमा जन्मनु भएको हो भने मोरङमा हुर्के बढ्नु भएको हो । शिक्षण पेशामा आवद्ध बुबाको इटहरामा कार्यरत रहेपछि उहाँको बाल्यकालै यतै बितेको हो । कांग्रेस रतुवामाईको नगर सचिब बनेर थप कांग्रेसलाई बलियो र सशक्त बनाउने उहाँको योजना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय