उर्लाबारी । उर्लाबारी क्षेत्रमा परिचित युवा ब्यवसायी हुनुहुन्छ, गोविन्द भट्टराई । उर्लाबारी–१ निवासी भट्टराई गत स्थानीय तहको निर्वाचनमा उर्लाबारी वडा नं. १ मा कांग्रेसकोतर्फबाट उम्मेद्वारसमेत बन्नुभएको थियो । कम्यूनिष्टको गढ मानिएको उक्त वडामा समेत उहाँले सम्मानजनक मत ल्याउनु भएको थियो ।
निरन्तर पार्टीलाई वडा नं. १ मा मजबुत र दर्बिलो बनाउन खटिँदै आउनु भएका भट्टराईले यस पटकको निर्वाचनबाट उर्लाबारी नगर समितिको सचिबमा आकांक्षा राख्नु भएको छ । समाज रुपान्तरणका लागि युवाहरु नै नेतृत्वमा आउनु पर्ने बताउँदै आउनु भएका भट्टराई कृषि, सहकारी, निर्माण ब्यवसायी, क्रसरलगायत क्षेत्रमा काम गरेको अनुभव छ । सामाजिक सेवामा विशेष रुची राख्ने भट्टराई सहयोगी भावनाका हुनुहुन्छ । कसैको दुःख देख्न नसक्ने भट्टराई सामुदायिक वन, विभिन्न संघसंस्थाको नेतृत्वमा रहेका काम गरिसक्नु भएको छ । कांग्रेसलाई अझै दर्बिलो बनाउन आफुले सचिब पदमा उम्मेद्वार दिने तयारी गरेको उहाँको भनाई छ । सबैको साथ र सहयोग रहनेमा उहाँको विश्वास छ । ‘हुने खाने वर्गका मान्छे मात्र अट्ने कांग्रेस हुनु हुँदैन, सबै तह र वर्गका मान्छे अटाउन सक्नु पर्छ, त्यसैका लागि पनि मेरो उम्मेद्वारी हो’ उहाँले भन्नुभयो ।























