काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ५६६ र एन्टिजेन विधिबाट ४ हजार ३० एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ४२ हजार ५३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३ हजार ६०० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।
२४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १७९ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।























