काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ८७६ र एन्टिजेन विधिबाट ३ हजार २५६ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ६०३ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेको छ ।
२४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २३५सय जना पुगेको मन्त्रालयले जनाएको छ ।























