प्रेम याखा (लिम्बूखिम) आसन्न नेपाली कांग्रेसको अधिवेशनमा उर्लाबारी वडा नं. ४ को सभापतिमा उठ्दैछन् ।
ग्लोबल युथ क्लबमार्फत सामाजिक सेवा गर्दै आएका प्रेम मिलनसार र सहयोगी स्वभावका हुनुहुन्छ । निर्माण ब्यवसायमिसेत रहनु भएका प्रेम ग्लोबल युथ क्लबका अध्यक्ष हुनुहुन्छ । क्लबमार्फत रक्तदान, विपन्नलाई राहत, स्वास्थ्य शिविरलगायतका कार्यमा उहाँले गरिसक्नु भएको छ ।

नेपाली कांग्रेस निकट आदिवासी जिल्ला संगठन मोरङ्गको सदस्य समेत रहनु भएका प्रेमले वडामा पार्टीलाई मजबुद र अझै सशक्त रुपमा अघि बढाउनका लागि आफुले वडा सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको बताउनुभयो । सबैको साथ र सहयोगकै कारण आफुले वडा सभापतिमा जित्नेमा उहाँ आशाबादी हुनुहुन्छ ।
प्रेम २०५२ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका प्रेम अबको अधिवेशनबाट युवाहरुले पार्टीको नेतृत्व गर्नु पर्ने धारणा राख्नुहुन्छ । कांग्रेसलाई दर्बिलो बनाउन युवाको नेतृत्व आवश्यक रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय