उर्लाबारी । नेपाली कांग्रेसको अधिवेशन नजिँजिकै जाँदा आकांक्षीहरु पनि थपिदै गइरहेका छन् । वडा, नगर, क्षेत्र, जिल्ला तहमा चुनाबी सरगर्मी बढिरहेको छ ।
यसैक्रममा उर्लाबारी वडा नं. ३ को वडा सभापतिमा कृष्ण गिरीको नाम पनि चर्चामा छ । नेपाल तरुण दलको क्षेत्रीय कोषाध्यक्ष गिरीले वडा सभापतिमा आफ्नो दाबी रहेको बताउनुभयो ।
उर्लाबारी उद्योग बाणिज्य संघको सदस्य, बेतिनि सामुदायिक वन उपभोक्ता समूहको सहसचिबलगायत सहकारी, ब्याटमिन्टनलगायत विभिन्न संघसंस्थामा रहेर काम गरिसक्नु भएका गिरी सबैको साथ र सहयोगले वडा सभापति बन्ने दाबी गर्नुहुन्छ । कांग्रेसलाई चलयमान र अझै मजबुत बनाउन आफ्नो वडा सभापतिमा उम्मेद्वारी हुने उहाँले प्रष्ट पार्नुभयो । पार्टीलाई सुद्धिकरण गर्दै युवाहरुले नेतृत्व लिन आवश्यक रहेको उहाँको भनाई छ । अग्रजहरुलाई सम्मान युवाहरुलाई नेतृत्व दिनु पर्ने उहँँको धारणा छ । गिरीसँगै उर्लाबारी–३ मा नेपाल तरुण दल उर्लाबारीका सभापति रोहित कार्की र चेतन कोइरालाले पनि वडा सभापतिमा उम्मेद्वारी दिने तयारी थाल्नु भएको छ ।























