उर्लाबारी । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहदेखि जिल्ला र केन्द्रसम्मको नेतृत्वको लागि आकाक्षींहरू प्रचारमा लागिसकेका छन् । चुनावी सरगर्मी बढेसँगै नेपाली कांग्रेस उर्लाबारी—९ को वडा सभापतिमा राजन रायमाझीको चर्चा छ ।
नेपाल तरुण दल उर्लाबारीका सचिव राजन रायमाझीले पार्टीको १४औं महाधिवेशनमा वडा सभापतिमा उम्मेदवारी दिने बताउनुभयो । रायमाझीले भने, ‘म पार्टीमा वडा सभापतिको भुमिका कार्यसम्पादन कुशलतापूर्वक निर्वाह गर्न सक्छु । त्यसैले सभापतिमा लड्ने तयारी अघि बढाएको छु ।’सभापतिमा रायमाझीले उम्मेदवारी दिएरै छाड्ने बताउनुभयो । पार्टी संगठन बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको उहाँले जानकारी दिनुभयो । ‘अहिले वडामा कांग्रेस जति बलियो हुनुपर्ने हो त्यो हुन सकेको छैन, पार्टीलाई सवल र सुदृढ बनाउन यूवाले मात्र सक्छ भन्ने मेरो दावी हो,’ उहाँले भन्नुभयोे, ‘राजनीतिमा यूवाको भविष्य सुनिश्चितताका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’
आफू जन्मजात काँग्रेस भएको र अहिलेसम्म कहिँकतै विचलित नभएर निरन्तर पार्टीको काममा अग्रसर भइरहेको उहाँको भनाई छ । २०५६ सालदेखि नेपाली काँग्रेसको विद्यार्थी राजनीतिमा लागेको बताउँदै उनले अरनिको माविको नेविसंघ सभापति , साबिक राजघाट ६ को सभापति , हालको मोरङ २ तत्कालिन मोरङ क्षेत्र नम्बर १ का तरुण दल क्षेत्रीय सचिव र आमन्त्रित क्षेत्रिय सदस्यको भुमिका पनि निर्वाह गरिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय