तिलक नेपाली, उर्लाबारी
मोरङको उर्लाबारी वडा नं. ४ को भवन निर्माणका लागि जग्गा खोजी कार्य सुरु भएको छ ।
वडा कार्यालय भवन निर्माणको लागि पूर्वपश्चिम राजमार्गदेखि ५०० मिटरभित्र करिब ३ कट्ठा निःशुल्क जग्गा उपलब्ध गराउन इच्छुक जग्गादाताहरुलाई वडा कार्यालयले अनुरोध गरेको हो । वडा अध्यक्ष लक्ष्मीनारायण धिमालका अनुसार राजमार्गसंग जोडिएको बाटा भित्र पर्ने जग्गा निःशुल्क उपलब्ध गराए जग्गादातालाई शिलालेखमा नाम राखी सम्मान गरिने छ ।
हाल उर्लाबारी—४ आइतबारे स्थित हुलाक कार्यालयबाट सेवा प्रदान गर्दै आएको वडा कार्यालयमा अन्य विभिन्न शाखाहरुको सेवा पनि उपलब्ध गराउनुपर्ने भएकाले हालको भवन साघुरो भएको हुँदा वडाभित्र उपयुक्त स्थानमा जग्गा खोज गरी सुबिधासहितको भवन निर्माण गर्ने उद्देश्य रहेको धिमालले बताउनुभयो । आ.ब.०७८÷०७९ भित्र वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी उर्लाबारी नगरपालिकाबाट बजेट बिनियोजन भएकाले सम्पूर्ण वडाबासीलाई निःशुल्क जग्गादाताको खोज गरी वडासंग समन्वय गराईदिनुहुन अध्यक्ष धिमालले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय