उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले रिक्सा चालकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ । सम्मानित हुने रिक्सा चालकहरुमा उर्लाबारी–४ का आइतबहादुर धिमाल, खुलाल धिमाल र काफ्ले धिमाल रहनु भएको छ ।
परम्परागत रिक्सा चलाएर जिविकोपार्जन गर्दै आउनु भएका तीन जना रिक्सा चालकलाई जनही ८ हजार ३ सय नगदसहित सम्मान गरेको छ । त्यस्तै, सोही अवसरमा महिला सिटी सफारी चालक उर्लाबारी–१ का जमुना माझी र पवी बिष्ट, उर्लाबारी–४ का तुलसा पाण्डे, रुपा भण्डारी र अनिशा खत्री, उर्लाबारी–७ का श्रीमाया लिम्बू, विमला राजवंशी र उर्लाबारी–८ की पातली वनेम सम्मान गरिएको छ । सिटी सफारी चलाउने ८ जना महिलालाई जनही ७ हजार ५ सय नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा नगर प्रमुख खड्ग फागोले सम्मानपत्र र नगद प्रदान गरेर सम्मान गर्नुभयो । सो अवसरमा नगर प्रमुख फागोले आफ्नै पौरखले जीविका चलाउँदै आउनुभएका महिला तथा रिक्सा चालकको श्रमको मूल्यांकन गर्दै सम्मान गरिएको बताउनुभयो । सो अवसरमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे र लेखा अधिकृत गोविन्द कार्कीले सम्मानितहरुलाई खादा र अविर लगाइदिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय