काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६२२ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २११ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ११ हजार ४२९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६९० जना रहेको छ ।
२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।























