उर्लाबारी । भदौंमा हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी सरगर्मी बढ्न थालेको छ । नेपाली काग्रेस समर्थक ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङलाई अध्यक्ष पदको उम्मेद्वार सर्वसम्मत बनाएको छ भने एमाले, माओवादी, राप्रसासहितको गठबन्धनबाट शेरबहादुर भण्डारीलाई अध्यक्षको उम्मेद्वार बनाइएको छ । स्वतन्त्रबाट धर्मराज शाक्यले अध्यक्ष पदमा उम्मेद्वारी दिने हुनु भएको छ । कांग्रेसको गठबन्धनमा जनता समाजवादी र संघीय लिम्बुवान पार्टीलगायतको सहयोग रहने सम्भावना रहेको छ । यस पटकको निर्वाचनमा पनि त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिएको छ । शाक्य पूर्वअध्यक्ष हुनुहुन्छ भने सेरेङ पूर्व बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । यस्तै भण्डारी वर्तमान बाणिज्य उपाध्यक्ष हुनुहुन्छ ।
कांग्रेस समर्थक ब्यवसायीहरुको पकड रहेको संघमा युवा ब्यवसायी सेरेङ लामो समय विभिन्न पदमा रहेर काम गरिसकेका कारण पनि यस पटक उहँँकै पल्लाभारी देखिएको छ । कांग्रेस गठबन्धनबाट सशक्त टिम बनाउने कसरत भइरहेको बुझिएको छ । बरिष्ठ उपाध्यक्षमा दिलकुमार श्रेष्ठ र ज्ञानु श्रेष्ठमध्ये एक उम्मेद्वार बन्ने निश्चित छ । उद्योग उपाध्यक्ष र बाणिज्य उपाध्यक्षमा नेत्र आपागाई, निरु चौहानलगायतको सम्भावना छ । त्यस्तै, महासचिबमा हेमराज गुरुङ उम्मेद्वार बन्ने निश्चित रहेको जानकार स्रोत बताउँछ । त्यस्तै, उद्योग सचिब र बाणिज्य सचिबमा कृष्ण गिरी, पूर्ण सिंगक लिम्बूलगायतको चर्चा छ । अन्य पदमा समेत परिचित ब्यक्तिहरुलाई उम्मेद्वार बनाउने सम्भावना छ । त्यस्तै, एमाले, माओवादी र राप्रपा गठबन्धनबाट बरिष्ठ उपाध्यक्षमा इन्द्र भट्टराई, महासचिबमा सम्झना खतिवडा, उद्योग उपाध्यक्ष र बाणिज्य उपाध्यक्षमा सुनिल बोहोरा, केदार रिजाल, जंगबहादुर कार्कीलगायतको नाम चर्चामा छ । अध्यक्ष पदबाहेक अन्य पदको छिनोफानो बाँकी रहेको बुझिएको छ ।























