सिजुवा । मोरङको रतुवामाई नगरपालिका वडा नं. १ को हटियाडाँडादेखि गिरीटोलसम्मको ग्राभेल बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
रतुवामाइ नगरपालिका कार्यालयको १२ लाख ६५ हजार रुपैयाँ र उपभोक्ताको १ लाख ३७ हजार बराबरको जनश्रमदानमा १ किलो मिटर ग्राभेल बाटो निर्माण कार्य सम्पन्न भएकोे हटियाडाँडादेखि गिरीटोलसम्मको ग्राभेल बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष्ँ हिमालय कुमार यादवले बताउनु भयो । सो बाटो निर्माण कार्य सम्पन्न पछि रतुवामाई हटियाडाँडा, सोनापुर र गिरी टोलका स्थानीयबासीहरुलाई आवतजावत गर्न सहज बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय