काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ५०३ र एन्टिजेन विधिबाट ५ हजार ८२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६३४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ जना रहेको छ ।
२४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २६३ जना पुगेको मन्त्रालयले जनाएको छ ।























