काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ८३५ र एन्टिजेन विधिबाट ४ हजार ६३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ९७९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ५० हजार १६२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५४४ जना रहेको छ ।
२४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २९१ जना पुगेको मन्त्रालयले जनाएको छ ।























