उर्लाबारी । माओवादी केन्द्रका नेता तथा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि प्रदेश–१ सरकारले छुट्याइएको बजेटप्रति आपत्ति जनाउनु भएको छ ।
प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको १९औँ बैठकको शून्य समयमा बोल्दै सांसद लिम्बूले तत्कालीन नेकपा सरकारले दुई करोडमाथि बजेट विनियोजन गरेको भए पनि एमाले नेतृत्वको सरकारले कम बजेट छुट्याएकाले ट्रमा सेन्टरको औचित्यमाथि प्रश्न उब्जिएको बताउनुभयो । ‘११ लाख मात्र छुट्याइएको बजेटले ट्रमा सेन्टर बन्छ ? नेकपा सरकारले पहिले दुई करोड बजेट विनियोजन गरेको थियो । तर, अहिलेको बजेटले मदन भण्डारीको गरिमा घटेको छ,’ उहाँले भन्नुभयोे, ‘११ लाखले ट्रमा सेन्टर बन्छ भने तपाईंको निर्वाचन क्षेत्रमा लगेर बनाएर देखाउनुस् मन्त्रीज्यू ।’ उहाँले विराटनगरस्थित कोसी अस्पताल संघीय सरकार मातहत रहेकाले प्रदेश सरकारले लगानी गर्न नहुने बताउनुभयो । उहाँले कोसी अस्पताल प्रदेश सरकार मातहत नरहेकाले लगानी किन भनी प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय