काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ३७४ र एन्टिजेन विधिबाट ५ हजार १३० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८७५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २८६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेको छ ।
२४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३२० जना पुगेको मन्त्रालयले जनाएको छ ।























