काठमाडौँ, २५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ६५७ र एन्टिजेन विधिबाट ५ हजार ६५६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २३९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १६ हजार ९२९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेको छ ।
२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३४० जना पुगेको मन्त्रालयले जनाएको छ ।























