उर्लाबारी । रतुवामाई नगरपालिकाका मेयर रविन राई शुक्रबार फरक रुपमा भेटिए । हापपाइन्ट र भेष्ट लगाएर कोदालोले खनिरहेका थिए । यो दृष्य हो, मोरङको रतुवामाई नगरपालिका वडा नं. ७ स्थित सिसौबानको । रतुवा खोलाको बाँध फुटेर बाढी बस्तीतर्फ पसेपछि बस्ती जोगाउन मेयर राईसहितका जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीयलगायत श्रमदानमा खटिए । खोलालाई पूरानै धारमा फर्काउन मेयर राईसहितको टोली खटिएको थियो । बेलुका अबेरसम्म मेयर राईसहितको मि खोलामै खटिएका थिए । खोलामा पानीको बहाब बढी भएकाले बाँसको पाइलिङलगायतको काम गर्न समस्या भएको र तत्काल अस्थायी तटबन्धन गर्ने लागि परेको मेयर राईले जानकारी दिए । दिउँसोदेखि खोला फर्काउन खटिएको टोलीले निरन्तर प्रयास गरिरहेको छ । मेयर राईले खेतीयोग्य जमिन कटान गरी धानबालीमा ठूलो क्षति पुगेको बताए ।
हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय