काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ५३० र एन्टिजेन विधिबाट ३ हजार ८८७ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार १६९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ जना रहेको छ ।

२४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३६२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय