उर्लाबारी । नेपाली कांग्रेसको आसन्त भदौ १७ गतेदेखि हुने १४ औं महाधिवेशनको चहलपहल केन्द्रदेखि गाउँसम्म बढेको छ । नेपालको सबैभन्दा पुरानो र स्थापित लोकतान्त्रिक पार्टीको रुपमा रहेको रहेको कांग्रेसको महाधिवेशनको चर्चा भइरहँदा वडा, गाउ÷नगर, क्षेत्र तथा जिल्ला सभापतिका लागि दौडमा थुप्रै नेताहरु लागेका छन् । अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा, १६ गते नगरपालिका र गाउँपालिका, २० गते संसदीय निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा २३ गते चुनाव हुनेछ । यसैगरी, जिल्लाको निर्वाचन साउन २६ गतेको लागि तय गरिएको छ ।
उर्लाबारी कांग्रेसको नेतृत्वको दौडमा अग्रपंक्तिमा हुनुहुन्छ, सुरेन्द्र लिम्बू । युवा ब्यवसायी लिम्बूले यसअघि उर्लाबारी वडा नं. ५ कांग्रेसको दुई पटक सभापति पद चलाइसक्नु भएको छ । यस पटक उहाँ नगरसभापतिको रुपमा आफुलाई सशक्त रुपमा उभ्याउनु भएको छ । पार्टीलाई नगरमा थप मजबुत र चलयमान बनाउन आफुले नगर सभापतिमा उम्मेद्वारी दिन लागेको लिम्बूको भनाई छ । उहाँमात्र होइन वडाको नेतृत्वका लागि पनि युवाहरु नै अघि सरेका छन् । उर्लाबारी वडा नं. ३ को सभापतिमा रोहित कार्की, चेतन कोइराला, कृष्ण गिरीलगायतका युवाहरुले दाबी गरिरहनु भएको छ । कार्की नेपाल तरुण दल उर्लाबारीका सभापति पनि हुनुहुन्छ । वडा नं. ४ को सभापतिमा पनि युवा प्रेम याख्याले दाबी गर्नुभएको छ । ग्लोवल क्लबका अध्यक्षसमेत रहनु भएका याख्या यस पटक वडाको नेतृत्व गर्दै स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई जिताउने संकल्प लिनु भएको छ । वडा नं. ५ मा रोहित थापाले सभापतिमा दाबी गरिरहनु भएको छ । त्यस्तै, वडा नं. ७ को सभापतिमा टंक काफ्ले र सुमन कार्कीले दाबी गरिरहनु भएको छ । त्यस्तै, वडा नं. ९ सभापतिमा प्रकाश कन्दङ्वा, राजय रायमाझी, कैलास थापामगरलगायतको दाबी छ । त्यस्तै, नगरसचिबमा गोविन्द भट्टराईलगायत युवाहरुले दाबी गरिरहनु भएको छ । कतिपय खुलेरै आफ्नो उम्मेद्वारी राखिरहनु भएको छ भने केही घोषणाको क्रममा रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय