काठमाडौँ । अन्ततः नेकपा एमालेको विवाद समाधान भएको छ ।
आइतबार राति अबेरसम्म भएको एमालेको कार्यदलले १० बुँदे सहमति गर्दै विवाद टुंग्याएको उपाध्यक्ष भीम रावलले सञ्चारकर्मीलाई बताएका छन् ।
कार्यदलले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको र त्यो सहमति नेतृत्वमा हस्तान्तरण गरिने रावलले जनाए ।
उनले पार्टीलाई एकतावद्ध बनाउन ऐतिहासिक निर्णय गरिएको बताए । सम्पूर्ण समस्यालाई समाधान गर्दै अघि बढ्ने अठोटअनुसार १० बुँदे सहमति गरिएको बताउँदै सचिव प्रदीप ज्ञवालीले सहमतिका बुँदाहरु वाचन गरेर सुनाएका थिए ।























