बिर्तामोड । झापाको बिर्तामोडमा आज बिहान आफ्नै डेरा अगाडि अर्धनग्न अवस्थामा शव फेला परेकी युवतीको घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ ।

युवतीको रहस्यमय मृत्यू भएका कारण कुकुरबाट घटनाबारे थप अनुसन्धानका लागि झापा प्रहरीले कुकुर मगाएर अनुसन्धान गरिएको हो । कुकुरसँगै चिकित्सकले घटनास्थलको अध्ययन गरेका छन् ।
बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तसँग डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा फेला परेको हो ।

परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै छ । पेन्टी घोँडामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ, युवती त्यै कोठको मुनी फेला परेकी छन् । सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ । सहकारीमा संकलकको रुपमा कार्यरत बस्नेतको शव हेर्दा रहस्यमय पाइएको छ ।

आफु सुत्ने कोठबाट हाम्फलिन भन्दा उनको शरिरमा कसरी चोट लाग्यो रु अर्धनग्न कसरी भइन् रु फेरि सबैतिरबाट चावी लगाउँदा घरमा को–कसरी प्रवेश गर्र्यो र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय