काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मंगलबार बेलुकी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई सपथग्रहण गराएकी हुन् ।
संविधानको धारा उल्लेख नगरी नियुक्ति गरिएको भन्दै विरोध भएपछि सपथ ग्रहण ढिलो भएको थियो ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको भनेर सच्याइएको छ ।
आजै देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री पम्फा भुषाल ऊर्जा तथा जलस्रोत मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री बनाएका छन् ।
राष्ट्रपतिले उनीहरुलाई पनि सपथग्रहण गराएकी छन् ।























