काठमाडौँ,मंगलबार मात्र सत्ताच्युत भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सरकारी निवास (बालुवाटार) छाडेर निजी निवास (बालकोट) सर्दै छन्।
नेकपा एमालेका अध्यक्ष ओली अहिले बिहान ११ बजे पछि बालकोट प्रस्थान गर्ने कार्यक्रम छ।
उनलाई २ हजारवटा गाडी र ३ हजारवटा मोटरसाइकलले स्कर्टिङ गरी काठमाडौंको बालुवाटारबाट भक्तपुरको बालकोट लगिने युथ फार्सले यसअघि नै घोषणा गरेको छ।
सुरुमा मंगलबारै सर्ने चर्चा गरिए पनि तयारी नपुगेका कारण पदबाट बर्खास्त भएको भोलिपल्ट ओलीले सरकारी क्वार्टर छाड्न लागेका हुन्।























