उर्लाबारी । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायलाई पहिलो ब्यक्तिको रुपमा उर्लाबारी नगरपालिकाले अघि सारेको छ ।
आज सम्पन्न उर्लाबारी नगरपालिकाको सातौं नगरसभाले धिमाल समूदायलाई पहिलो नागरिक घोषणा गर्ने सर्वसम्मत निर्णय भएको हो । पहिलो नागरिकका लागि आवश्यक कार्यविधी तथा धिमाल समूदायका अग्रजहरुसँग छलफल र परामर्श गरिने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो ।























