उर्लाबारी । उर्लाबारी नगरपालिकाले गौरबको योजनामा यस पटक पनि बक्राहा घाट निर्माण समेटिएको छ ।
चालु आर्थिक बर्षको बजेटमा ५० लाख रुपैयाँ रकम छुट्टिएको भएपनि काम हुन सकेन । यस पटक गौरबको योजनामा समेट्दै ७० लाख रुपैयाँ छुट्याइएको छ । यस पटक जसरी भएपनि बक्राहा घाट निर्माण गरेरै छोड्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अठोट लिनु भएको छ ।























