काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा शुरू भएको छ ।
बैठकले पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन गर्ने तयारी छ । त्यस्तै सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
यद्यपि, माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गर्दै आएको छ । तर, नेपाल पक्षका नेताहरु डा. भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त र घनश्याम भुसाललगायतका नेताहरू भने बैठकमा सहभागी हुने बताएका छन् ।























