काठमाडौं । आगामी आइतबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण शुरू गरिएको छ ।
बिहान ११ बजेदेखि सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण शुरू गरिएको संसद सचिवालयलय जनाएको छ ।
यस्तै संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको पनि आजै एण्टीजेन परीक्षण गराइने संसद सचिवालयले जनाएको छ ।























