उर्लाबारी,उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले यहाँका भूमिपुत्र धिमाल जाती भएको उद्घोष गर्नुभएको छ ।
उर्लाबारी नगरपालिकाको सातौँ नगरसभाले धिमाल जातीलाई पहिलो जातीको रुपमा घोषणा गरेको खुशीयालीमा शुक्रवार साँझ उर्लाबारी चोकमा आयोजित दिप प्रज्वलन कार्यक्रममा बोल्दै मेयर फागोले अब धिमाल जातीको जीवनस्तर विकाशमा नगरपालिका लागिपर्ने घोषणा गर्नुभयो ।

नगरसभाबाट पहिलो जातीको रुपमा घोषणा गरिएको र अब चाँडै बजेट पनि निकाशा गरेर अघि बढ्ने बताउनुभयो । बिभिन्न संकटलाई थिचोल्दै धिमाल जातीहरु यस क्षेत्रमा बसेकै कारण अन्य जातीहरु पनि बस्न पाएको उल्लेख गर्नुभयो । उहाँले पहिलो जाति धिमाल समुदायको भाषा, संस्कृति र जीवन स्तर विकाशका लागि कार्यविधी तथा धिमाल समूदायका अग्रजहरुसँग छलफल र परामर्श गर्ने बताउनुभयो ।

उपमेयर लक्ष्मीदेवी भण्डारीले धिमाल समुदायको विकाशका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले अब बजेट निकाशा गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाले पहिलो जातीका रुपमा घोषणा गरेकामा धिमाल समुदायले उत्साहका साथ खुशीयाली मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय