उर्लाबारी । सञ्चार क्लब नेपालको १८ औं बार्षिक चुनाबी साधारणसभा यही साउन १६ गते शनिबार हुने भएको छ ।
क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कार छनौटका लागि अध्यक्ष बस्नेतसहित पुरस्कारदातातर्फबाट जयधर्म आचार्य, दुर्गाप्रसाद खतिवडा, जगन्नाथ भट्टराई र घनश्याम भण्डारीलाई मनोनित गरिएको छ । त्यस्तै, निर्वाचन समितिमा जयधर्म आचार्य, केदार चौहान र रुपेन्द्र शेर्मालाई चयन गरिएको छ । त्यस्तै, उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजन कँडेल र उर्लाबारी उद्योग बाणिज्य संघलाई सम्मान गर्ने निर्णय भएको महासचिब दिपक बास्तोलाले जानकारी दिनुभयो । १३ जना नयाँ सदस्यता थप गर्दै ५६ जना सदस्य कायम भएको उहाँले बताउनुभयो ।























