काठमाडौँ। बकर इदको उपलक्ष्यमा सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीहरुलाई निःशुल्क खोप माग गर्ने पनि निर्णय गरेको छ ।
बैठकले संसद अधिवेशन अन्त्य गर्नेबारे पनि निर्णय गर्नसक्ने बताइएको छ ।























