उर्लाबारी । नेकपा माओवादीका युवा नेता अनुप राजवंशी (अनन्त) को मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण कोभिड उपचार केन्द्र विराटनगरमा उपचाररत राजवंशीको आज मृत्यु भएको हो । माओवादीको १० बर्षे जनयुद्धमा कमाण्डरको भूमिका निर्वाह गरेका राजवंशी इमान्दार युवा नेताको छबी बनाएका थिए । आज नै राजवंशीको उर्लाबारीस्थित बक्राहा घाटमा अन्तेष्टी गरिएको छ । माओवादी केन्द्रका मोरङ सचिब गणेश उप्रेती (सुशिल) र मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बुले संयुक्त रुपमा पार्टीको झण्डा ओढाउनु भएको थियो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोलगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय