काठमाडौं। सरकारले बकर इदको अवसरमा आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा)को अवसरमा मुलुकभरि लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।























