उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मेयर फागोले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो । बकर इदजस्ता चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उहाँको भनाई छ । कोरोना कहर अझै नसकिएकाले सचेत र सजग भएर घरघरमै बकर इद मनाउन पनि उहाँले अपिल गर्नुभएको छ ।























