उर्लाबारी । नेपाल तरुण दल उर्लाबारी वडा नं. १ को सभापतिमा विष्णु बस्नेत सर्वसम्मत चयन हुनु भएको छ । जसको उपसभापतिमा संगीता सिवा, सुमन थापा, सचिवमा जय बस्नेत, मिना सुनार,सह–सचिवमा संगीता तुम्रोक, बलबहादुर मगर र कोषाध्यक्षमा सुरज कार्की चयन हुनु भएको छ । सदस्यहरुमा पुष्प राई, बसन्त बोहोरा, निर्मल श्रेष्ठ, अनिश गिरी, दिलिप धिमाल, प्रवेश खवास, दिनेश श्रेष्ठ, किस्मत बास्तोला, अशित गोले, लोकेन्द्र नेम्वाङ, विजय लामा, शंखर गौतमलगायत रहनु भएको नेपाली कांग्रेसका युवा नेता गोविन्द भट्टराईले जानकारी दिनुभयो । तरुण दल उर्लाबारी नगरसभापति रोहित कार्कीको सभापतित्व र मोरङ क्षेत्र नं. १ का सभापति एबं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भेला भएको थियो । क्षेत्रीय सभापति फागोले अबको अधिवेशनबाट युवाहरु कांग्रेसको नेतृत्वमा आउनु पर्नेमा जोड दिनुभयो । कांग्रेसलाई दर्बिलो र मजबुत बनाउन युवाहरु नेतृत्वमा अघि सर्नु पर्ने बताउँदै नेता फागोले पार्टीलाई सुद्धिकरण गरेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय