काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार १२२ र एन्टिजेन विधिबाट ३ हजार ७०७ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख २७ हजार १६९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेको छ ।

हालसम्म १२ लाख ८१ हजार २४० जनाले पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६६१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय