काठमाडौँ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढ शुक्रबार थप ६ जना मन्त्री नियुक्ती गरेका छन् ।

थपिएका नयाँ ६ जना मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी छन् ।

सपथ लिने नवनियुक्त मन्त्रीहरुमा काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री रहेका छन् । त्यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा रहेका छन् ।

उता माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय