उर्लाबारी । मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयका ५ जना कर्मचारीहरूमा कोरोनासंग मिल्दो जुल्दो विरामी देखिएकाले सेवा बन्द गर्नु परेको कार्यालय प्रमुख श्रवण पोख्रेलको भनाई छ ।
उर्लाबारीमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण जोखिम बढिरहेको छ । हालसम्म जिल्लाका नगरपालिकाहरुमध्ये उर्लाबारीका सबैभन्दा धेरैको कोरोना भाइरसका कारण निधन भएको छ । उर्लाबारीमा दोस्रो चरणमा ४६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय